Rule 39
सुरकारदारा व्यवस्थित वनको व्यवस्थापन
(१) डिभिजनल वन अधिकृतले सरकारद्वारा व्यवस्थित वनको सीमाङ्कन समेत गरी नियम १४ बमोजिम नेपाल सरकारले स्वीकृत गरेको रणनीतिक योजनाको अधीनमा रही अनुसूची-१७ बमोजिमका विषय समावेश गरिएको कार्ययोजना तयार गरी निर्देशनालयमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निर्देशनालयमा प्राप्त कार्ययोजनाको अध्ययन तथा प्राविधिक परीक्षण गरी स्वीकृतिका लागि सिफारिस गर्न प्रदेश वन निर्देशकको संयोजकत्वमा प्रदेश मन्त्रालयले तोके बमोजिमको एक प्राविधिक समिति रहनेछ। प्राविधिक समितिले आवश्यकता- अनुसार स्थलगत अनुगमन समेत गरी कार्ययोजना स्वीकृतिका लागि सिफारिस गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिमको प्राविधिक समितिको सिफारिसको आधारमा प्रदेश वन निर्देशकले आफ्नो रायसहित कार्ययोजना स्वीकृतिका लागि प्रदेश मन्त्रालयमा पठाउनु पर्नेछ र प्रदेश मन्त्रालयले त्यस्तो कार्ययोजना स्वीकृत गर्नेछ।

(४) उपनियम (३) बमोजिम स्वीकृत भएको कार्ययोजना: संशोधन गर्नु पर्ने भएमा उपनियम (२) बमोजिमको प्राविधिक समितिको सिफारिससाथ संशोधन प्रस्ताव सहितको कार्ययोजना प्रदेश वन निर्देशकले स्वीकृतिको लागि प्रदेश मन्त्रालयमा पठाउनु पर्नेछ।

(५) यो नियमावली प्रारम्भ हुनुअघि स्वीकृत भई कार्यान्वयनमा रहेका चकला वन व्यवस्थापन कार्ययोजना यो नियम बमोजिम तयार भई स्वीकृत भएको मानिनेछ।

(६) सरकारद्वारा व्यवस्थित वनको कार्ययोजनाको कार्यान्वयन डिभिजनल वन अधिकृतले गर्नेछ।

(७) प्रदेश वन निर्देशकले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सरकारद्वारा व्यवस्थित वनको कार्ययोजनाको : अनुगमन गरी प्रदेश मन्त्रालय र विभागमा वार्षिक प्रतिवेदन पेस गर्नु पर्नेछ।